२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्ता गठबन्धन बैठक निर्णय 

स्थानीय तह निर्बाचन : 'एमालेसँग भएका तालमेल खारेज गर्ने'

बुधवार , बैशाख १४, २०७९


काठमाडौं, बैशाख  । नजिकिँदो  स्थानीय तह निर्बाचनमा सत्तारुढ दलहरुले नेकपा एमालेसँग गरेका  भएको चुनावी तालमेल खारेज गर्ने  निर्णय गरेका छन । 

आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेता बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने भएको छ ।  यदी कहीँ कतै तालमेल गरेको भए त्यस्ता  ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको  जनाइएको छ । 

गठबन्धन दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए । तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।

तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा समेत छलफल भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार