२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन

सत्तारुढ गठबन्धन शीर्ष नेताबीच सहमति : ' निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने '

बुधवार , बैशाख १४, २०७९

काठमाडौं, बैशाख । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो ।

सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।

शीर्ष नेताहरुले सिट बाँडफाँटमा सहमति हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडामा तालमेलका लागि बुधबार नै पहल गर्न स्थानीय तहका संयन्त्रलाई निर्देशन दिएका छन् ।

 गठबन्धनका शीर्ष नेताको संयुक्त विज्ञप्ति 

हेर्नुहोस् बुधबारको बैठकपछि जारी गठबन्धनका शीर्ष नेताको संयुक्त विज्ञप्ति

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार