२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

दादुरा–रुबेला विरुद्धको खोप अभियान आजबाट

बुधवार , माघ २९, २०७६

काठमाडौं, फागुन । आजबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान कार्यक्रम दुई चरणमा गर्ने यसअघि नै जानकारी दिइसकेको छ ।

सरकारले पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जानकारी दिएको हो ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक गौतमका अनुसार पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै तराईका १९ जिल्लाहरुमा जन्मेदेखि ५ वर्ष मुलिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने उनको भनाइ छ । सरकारी योजना अनुसार दादुर र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिमालाई दिइदै छ ।

दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ । यस्तै जन्मेदेखि ५ वर्ष मुनिका १५ लाख बालबालिकालाई पोलियो खोप दिइदै छ । खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वायंसेवक परिचालन हुने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार