काठमाडौं, बैशाख।नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।
मेयरको उम्मेदवारका लागि दाबेदार वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौला थिए।अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । नागेश भने डा। शेखर कोइराला निकट हुन् ।