२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एकीकृत समाजवादी : 'महानगर र उपमहानगरमा यी हुन् उमेद्‍वार'

सोमवार , बैशाख १२, २०७९

 

काठमाडौं, बैशाख  । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले  सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मद्‍वार  टुंग्याएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।

एकीकृत समाजवादीका अनुसार :

हेटौडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिनेछन् ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उमेद्‍वारी दिनेछन् ।

आफनो पार्टीको तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्‍वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्‍वारी दिने निर्णय भएको महासचि  व बेदुराम भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार