२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले सचिवालय बैठक

शनिबार बस्दै  : 'महानगर तथा उपमहानगरका उम्मेद्वारबारे निर्णय गर्ने'

शुक्रवार , बैशाख ९, २०७९


भक्तपुर, वैशाख । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा  हिजो बिहीबार आज बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बसेर उम्मेदवारको टुङ्गो लगाउने बताए । आज, शुक्रबार,  नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने र भोलि नै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने बैठकले निर्णय गरेको गुरुङले जानकारी दिएका छन । 
स्थानीय निर्वाचनको घोषणापत्र भोलि नै सार्वजनिक गर्ने निर्णय एमाले सचिवालय बैठकले गरेको छ । नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वको लागि टिकट नदिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार