२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन 

अध्यक्ष प्रचण्डले भने : "गठबन्धन प्राथमितामा, स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि छ "

बिहिवार , बैशाख ८, २०७९

धनगढी,  बैशाख ।  स्थानीय तह निर्बाचनले राजनीति तातिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर परिचालित  हुनुपर्ने बताएका छन् ।  उनले भने, सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्छ ।
विभिन्न कार्यक्रममा भाग लिन  आज बिहान धनगढी  आइपुगेका  प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘कहीँकतै त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं । तर त्यसको अर्थ आफू आफैंमा प्रतिस्पर्धामा प्राथमिकता दिने भनेको होइन । प्राथमिकता तालमेलमा नै हो ।’ 
उनले केन्द्रमा गरेको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभरी गठबन्धन गरेर अगाडि बढ्ने तयारी भइरहेको बताएका छन  ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन भएरै छाड्ने पनि बताउँदै उनले भने, ‘यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने, व्यापक जनसहभागीता सुनिश्चित गर्ने र लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता छ ।’
उनले यो वर्ष नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सुदृढ गर्ने तथा विकास र समृद्धिको नयाँ यात्राको तयारी गर्ने वर्षको रुपमा रहने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार