२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले : ' महानगरका उम्मेदवारबारे छलफल गर्न सचिवालय बैठक बस्दै '

बिहिवार , बैशाख ८, २०७९

काठमाडौं, वैशाख । स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ ।केन्द्रीय सचिवालय बैठकभन्दा अगाडि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ ।

सल्लाहकार परिषदको बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने रिजालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार