२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस काठमाडौ ४ छलफल :  'जित्नसक्ने उमेद्वारलाई अघि बढाउन आग्रह'

बुधवार , बैशाख ७, २०७९

 

काठमाडौँ, बैशाख । नयाँ बर्ष २०७९ को अवसरमा नेपाली कांग्रेस जिलला कार्य समिति सदस्य तथा २०७४ मा नेपाली कांग्रेस वडा नं ४ का वडाअध्यक्षका प्रतिष्पर्धी अनिशराम भटट्राईले आज शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन ।

p5.jpg

काठमाडौँ महानगरपालिका वडा नं ४ को धूमबाराहीमा आयोजना गरिएको सो कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबूजकृण्ण बानियाँले आगामी स्थानीय निर्बाचनमा सबै मिलेर काग्रेसका उमेद्वारलाई बिजयी गराउन आग्रह गरेका छन ।  

pic 4.jpg

कार्यक्रमका अवसरमा सभापति बानियाँले भने, काठमाडौँ महानगरपालिकाको वडा नं ४ निकै महत्वको वडा भएकाले आपसमा बिबाद र असहपति केही भएर त्यागेर  आफ्ना उमेद्वारलाई बिजयी  गराउन आग्रह गरेका हुन । 
सो अवसरमा बागमति प्रदेश सदस्य रमेश खड्काले प्रसिद्ध र  बढी मत ल्याउनसक्ने स्थानीय नेतालाई उमेद्वार बनाई जिताएर ल्याउनुपर्ने बताए । उनले वडा नं ४ का स्थानीयलाई भने, सबैभन्दा बढी मत जो ल्याउनसक्छ त्यसैलाई अघि बढाउन पनि आग्रह गरे । 

pic 3.jpg

सो अवसरमा संबिधानसभा सदस्य रमा गरागाइँले सबैले मतभेद त्यागेर एक भई आफ्ना उमेद्वारलाई बिजयी गराउन आग्रह गरेकी छन ।  त्यसैगरी , सो कार्यक्रममा  काठमाडौा वडा नं ४ का सभापति रामप्रसाद न्यौपानेले आफू पनि वडाअध्यषको प्रतिष्पर्धीको आकांक्षी हो, अरुले टिकट पाए पनि आफूले ईमान्दारपूर्वक सघाउने बताएका छन ।

सो  कार्यक्रममा आयोजक अनिशराम भटट्राईले  आफू यसअघिको निर्बाचनमा पराजित भएपनि स्थानीय जनताको सेवामा निरन्तर लागीपरेको बताए । उनले भने,  यस वडाको वडाअध्यक्षको प्रतिष्पर्धी हुँ, निस्वार्थपूर्वका स्थानीय जनताको सेवामा जुटेको छु, अबको निर्बानमा पनि सघाउन  र वडा नं ४ को बिकास र स्थानीय जनताको सेवा पुर्याउने प्रण गर्ने पनि बताए । 
सो कार्यक्रममा स्थानीय समाजसेवी तथा काग्रेस नेता सरोज पौडेलले उद्घोषण गरेका थिए । सो कार्यक्रममा काठमाडौ क्षेत्र नं ५ का महाधिबेशन प्रतिनिधि कृष्ण थापको पनि उपस्थिति थियो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार