२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन २०७९

सत्ता गठबन्धनबीच यस्तो बन्यो सहमति : " सम्पूर्ण स्थानीय तहमा गठबन्धन, कहाँ - कसलाई ? "

बुधवार , बैशाख ७, २०७९

काठमाडौं, बैशाख । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

आज बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ, उनले भनिन्, सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ ।

तल हस्ताक्षरमा छुटे पनि जनकपुर उपमहानगरपालिकाको उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार