२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेविसंघ स्थापना दिवस

प्रधानमन्त्री देउवाले भने  : " षडयन्त्र हुँदैछ, कुनै हालतमा गठबन्धन तोड्नु हुन्न "  

मंगलवार , बैशाख ६, २०७९

गठबन्धनमा 'गिभ एन्ड टेक' त हुन्छ, कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टीकाले हामीले पनि हुन पाउँ भन्नुभएको छ'

'कांग्रेसलाई सरकारमा ल्याउनु मेरो गल्ती हो र ?'

काठमाडौँ, बैशाख ।  प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन बीचको सम्बन्ध भाँड्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले  कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राखेका छन् । 

नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, 'अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने  अवस्था छ । यो गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्‍यो भनेको हो । यो संविधान अनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ । '
उनले थपे, 'गठबन्धन भन्दाखेरि ुगिभ एन्ड टेकु त हुन्छ । कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टी हामी पनि हुन पाउँ भन्नुभएको छ ।'
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा स्मरण गराए ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेका बेला देउवाले भने, 'हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले ? मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ । धन्यवाद र बधाई दिनुपर्नेमा '

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार