२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्ता गठबन्धन दल बैठक सम्पन्न

महानगर र उपमहानगरमा चुनावी तालमेलबारे छलफल :  " बेलुका पुनः बैठक बसेर टुंग्याईदै "

सोमवार , बैशाख ५, २०७९

 

काठमाडौँ, बैशाख । सत्ता गठबन्धन दलको  स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न  आज बालुवाटारमा बसेको स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले  सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
र्बठक साँझ  पुनः बस्ने र सिट बाँडफाँडको टुंगो लगाउने गरी बैठक स्थगित भएको मल्लले जानकारी दिएका छन् । केही मिडियामा महानगर र उपमहानगरमा भागबन्डाबारे आएका समाचार सही नभएको पनि उनले बताए ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

सोमबारको बैठकले मूलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी गरेको बताइएको छ । गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार त्यसबारे होमवर्क गरेको थियो । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दाबी गरेपछि त्यसबारे कुनै सहमति भने भइसकेको छैन ।
आइतबार बिहान छलफल गरेका शीर्ष नेताहरुले भने सोमबार महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाउने समझदारी बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार