२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र 

अध्यक्ष प्रचण्ड भन्छन : 'महानगर एउटा पाउनुपर्छ, त्यो भरतपुर भए राम्रो' 

सोमवार , बैशाख ५, २०७९


काठमाडौं, बैशाख  । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् ।

सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।’
पत्रकार सम्मेलनमा  अध्यक्ष प्रचण्डले  थपे, भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरे । सम्मेलनमा उनले  भने, माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार  छन 
‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला त्यसकारण हामी अहिले बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।

उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’
तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डको भनाइृ थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार