२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन 

महामन्त्री थापाले भने : 'कार्यकर्ताको भावना विपरित गठबन्धनकाे निर्णय नलादाै' 

सोमवार , बैशाख ५, २०७९


काठमाडौं, बैशाख  । स्थानीय तह निर्बाचनमा तल्लो तहका कार्यकर्ताले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न घातक हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  बताएका छन् ।
महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा  सो कुरा बताएका हुन् । उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने पनि बताएका छन । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले  जनाएका छन । 

‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन,’ थापाले भने ।

उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने बताए । ‘म जितेर आएँ, जे पनि गर्छु भनेर हुँदैन । म एक्लै हुँ भनेर भन्न पाइँदैन,’ थापाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार