२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन 

सत्ता गठबन्धन दल निर्वाचन परिचालन समिति बैठक : 'महानगर र उपमहानगरबारे निर्णय गर्ने'

सोमवार , बैशाख ५, २०७९

 

काठमाडौं, बैशाख  । स्थानीय तह निर्बाचन नजिकिदै गर्दा  सत्ता गठबन्धन दलका नेता सम्मिलित  निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक  बसेको छ । 
स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको हो ।

आइतबार बसेको बैठकमा दलका नेताहररूले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र) ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव  गरेका थिए ।

कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार