२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल कम्युनिस्ट पार्टी माओवादी 

स्थानीय तह निर्बाचनबारे प्रचण्डले भने : "भोलि सम्ममा टुंगो लाग्छ" 

शनिवार , बैशाख ३, २०७९

 

चितवन, वैशाख । आज विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लागिसक्ने बताएका छन् ।

आज शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले  भने, आजै (शनिबार)  साँझसम्ममा खाका तयार  भइसक्ने पनि बताएका छन  ।
उनले गठबन्धनबीचमा तालमेलमा विबादबारे स्पष्ट गर्दै भने,  'गठबन्धनभित्र  केही समस्या छैन, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र त विवाद तथा बहस हुने गरेको भन्दै उनले भने, 'फरक दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक हो ।'  
भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले  भने,' छलफल भइरहेको  छ । ' गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि ?  भन्ने प्रश्नमा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार