२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन 

कांग्रेस कार्य सम्पादन समिति बैठक आज : 'महानगर र उपमहानगरपालिकाका उमेद्वारबारे छलफल हुने'

शनिवार , बैशाख ३, २०७९

काठमाडौं, वैशाख  । आज दिउँसो २ बजे  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको छ ।  स्थानीय तह निर्बाचन नजिकिदै जाँदा सो बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयका अनुसार,  आजको बैठकमा  बिशेषत: ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न लागेको हो । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार