काठमाडौँ, वैशाख । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज, शुक्रवार, बस्दैछ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित आठ सह महामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्।