२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै

मंगलवार , माघ २८, २०७६

काठमाडौं, माघ  । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत आज जवालखेल युथ क्लव र हेमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने खेलमा शेर्पाबिरुद्व जित हात पार्दै जावलाखेल  शीर्ष ६ को होडमा कायमै रहन चाहन्छ ।

बाह्रौ चरणको अन्तिम खेलअघि  अहिले जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शेर्पा १० अंक सहित ११ औं स्थानमा छ ।

बराबरीको नतिजाले समेत जावलाखेलको शीर्ष ६ को सम्भावना बलियो बनाउनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध रोमाञ्चक जित निकालेको शेर्पा पनि जावलाखेललाई रोक्ने दाउमा छ । यद्यपी जीत वा हार जस्तोसुकै परिणाम आए पनि हिमालयन शेर्पाको अंक तालिकामा खासै प्रभाव पर्ने देखिदैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार