काठमाडौं, माघ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन दुई अन्तर्गत बुधबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
विश्वकप छनौटको आधारका रुपमा रहेको प्रतिस्पर्धा अन्तर्गत नेपाल र अमेरिकाबिचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेपद्धि सुरु हुनेछ । नेपाल र अमेरिका यो त्रिकोणात्मक शृङ्खलामा दोस्रोपटक खेल्न लागेका हुन् ।
अहिलेसम्म भएका तीनै खेलमा अमेरिका पराजित भएको छ । नेपालले तीन मध्ये दुई खेलमा हार बेहोरेको छ । नेपालले यसअघिको खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । अमेरिका ओमानसँगका दुवै खेलमा पनि पराजित भएको छ ।
ओमानले नेपाललाई पनि दुवै खेलमा पराजित गरेको छ । पहिलो खेलमा ओमानले नेपालमाथि १८ रन तथा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।
ओमानले शृङ्खलाका चारै खेलमा जित निकालेको छ र उ तालिकाको शीर्ष स्थानमा पुगेको छ । अमेरिका दोस्रो स्थानमा छ भने नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।