काठमाडौं, चैत । स्थानीय तह निर्बाचनमा तालमेल गर्ने बिषयलाइृ टुंगो लगाउन आज सत्ता गठबन्धनको शीर्ष नेता बैठक बस्दैछ । बैठक आज बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको बैठक हिजा,े आइतबार, पनि बसेको थियो । सो बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।
आईतबारको बैठकमा उठेका प्रस्ताव
आइतबार बसेको बैठकमा कांग्रेसलाई सत्ता साझेदार दलले महानगरमा ३(३ को भागवण्डा गर्न प्रस्ताव राखिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रमा दलहरुले ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका हुन ।
संयन्त्रको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले महानगरको भागवण्डा गर्नेबारे यस्तो प्रस्ताव गरेका हुन् ।
कांग्रेस ईतर सत्ता गठबन्धनका रहेका दलले नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् ।
‘३ वटा महानगर कांग्रेसले राखोस्, ३ वटा हामी लिन्छौं भनेका छौं,’ एक नेता भन्छन्, ‘कांग्रेस नेताहरुले सहमति जनाइसक्नुभएको छैन ।’
अहिले ललितपुर र विराटनगर महानगरको नेतृत्वमा कांग्रेस छ भने भरतपुरमा माओवादी केन्द्र । महानगरबाहेक अन्यत्र पनि चुनावी तालमेलबारे आइतबार कुनै सहमति जुट्न सकेको छैन ।
बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले २०७४ सालको निर्वाचनमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागवण्डा गर्ने प्रस्ताव गरेको स्रोतले जनाएकने छ ।
नेकपा एकीकृतका वेदुराम भुसालले पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जुन पालिकामा जुन दलले जितेको छ, अहिले पनि त्यही दलले नेतृत्व लिने प्रस्तावमा सहमति जनाए । एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने उनको प्रस्ताव छ ।
जसपाका अशोक राई र रेणु यादवले भने सम्मानजनक एकतामा जोड दिएका थिए ।
तर कांग्रेस महामन्त्री गगनकुमार थापाले भने केन्द्रबाट भागवण्डा गर्न खोजे दुर्घटना हुने बताएका छन् । आफ्नो पार्टीको विधान र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयले पनि केन्द्रमा निर्णय गर्न नमिल्ने भन्दै उनले भने, ‘यहाँ बसेर निर्णय ग¥यौं भने दुर्भाग्यपूर्ण हुन्छ । त्यसैले तल्ला कमिटीहरुमै छलफल गरेर सहमति खोजी गर्न भनौं ।’
गठबन्धनकै दलले जित्ने ठाउँमा स्वस्थ प्रतिस्पर्धा हुन दिनुपर्ने कांग्रेस नेताहरुको धारणा छ । माओवादी नेताहरुले भने यस्ता ठाउँमा गठबन्धनमा रहेका अरु मिल्न पाउने कि नपाउने भनेर प्रश्न गरेको एक नेताले सुनाए ।
तालमेलको समग्र विषयमा भोलि विहान ९ बजे शीर्ष नेताहरुकै उपस्थितिमा छलफल गर्ने सहमतिका साथ आइतबारको छलफलबाट नेताहरु उठेका छन् ।