२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ' : अध्यक्ष नेपाल

शुक्रवार , चैत्र २५, २०७८

कलैया, चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताउनुभएको छ ।

उहाँले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गर्नुभयो । बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकार नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडि बढिरहेको प्रष्ट पार्नुभयो ।

निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो । नागरिता विधेयक सदनमा कानुनको अभावमा अड्किरहेको अध्यक्ष नेपालले बताउनुभयो ।

राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श भइरहेको उल्लेख गर्दै उहाँले चाँडै नै सो विधेयक पारित हुने धारणा राख्नुभयो । कार्यक्रममा समाजवादी पार्टीका नेता नगेन्द्र चौधरी, दिनेश राई, सुन्दर विश्वकर्मालगायत सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार