२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'सबैतिर तालमेल गरेर जाने निर्णय भयो' : प्रचण्ड

शुक्रवार , चैत्र २५, २०७८

काठमाडौं, चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ ।

सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।” अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार