२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छ' : अध्यक्ष ओली

बिहिवार , चैत्र २४, २०७८

नेपालगञ्ज, चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताउनुभएको छ ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो ।

उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक एक लाख दिने घोषणा पनि गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार