२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपालको बिजुली : 'थप ३२५ मेगावाट भारत निर्यात गर्न स्वीकृति'

बुधवार , चैत्र २३, २०७८

काठमाडौँ, चैत । नेपालले भारतीय ऊर्जा बजारमा थप ३२५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ ।  भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।
यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।

नेपालले मर्स्याङ्दी (६७ मेगावाट ), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२२ मेगावाट), देवीघाट (१४ मेगावाट) कालीगण्डकी ए (१४० मेगावाट) र लिखु (५१ मेगावाट) बराबर बिजुली भारतीय बजारमा बेच्न स्वीकृति पाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार