२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

ग्यास र पेट्रोलको भाउ बढ्यो

बुधवार , चैत्र २३, २०७८

काठमाडौँ, चैत । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ।खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६०० सय कायम गरिएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य राति १२ बजेदेखि लागू हुने छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार