२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपा अध्यक्ष यादवले भने : 'अधिकार प्राप्तिको लडाइ जारी छ' 

सोमवार , चैत्र २१, २०७८

राजविराज, चैत । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताउनुभएको छ । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको  शिलान्यास गर्ने क्रममा  उहाँले जनता समाजवादी पार्टीले मधेसी, मुस्लिम तथा शोषित उत्पीडितको लागि लड्दै आईरहेको बताउनुभयो । 
राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी रहेको बताउँदै  विभेदमा परेको सम्पूर्ण नेपालीहरूका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइबाट पछि नहट्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा भौतिक, योजना तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीवासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गर्नुभयो । सप्तरीका जनता सदैव सडक, शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित रहेको विषयलाई जसपाले आत्मसात गरेको बताउँदै जसको फलस्वरूप अहिले सप्तरीमा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको बताउनुभयो ।
 मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले जसपाले होहल्ला नगरी जनचाहनाअनुसार विकास गरेको र आगामी दिनमा विकासको कार्यलाई प्राथमिकतामा राखेर जनहितमा कार्य गर्ने बताउनुभयो । प्रदेश सांसद मनिष सुमनले अगामी वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा जसपाका उम्मेदवारलाई मत दिई विकास निर्माणको कार्यमा थप तीव्रता दिन आग्रह गर्नुभयो । 
तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रमअन्र्तगत जसपा अध्यक्ष यादवले आजै सप्तरीमा एकै दिन चार वटा सडक निर्माण योजनाको शिलान्यास गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार