२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'स्थानीय निर्वाचनमा सत्ता साझेदार दलबीच तालमेल हुन्छ' : मन्त्री आले

शुक्रवार , चैत्र १८, २०७८

काठमाडौँ, चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताउनुभयो ।

उहाँले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र रु १६ अर्ब विनियोजन भएको जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन लगेज बेल्टको लागि,;बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार