काठमाडौँ, चैत । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।‘
आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो।
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै
नेपाली कांग्रेसले स्थानीय आवश्यकताका सत्तारूढ गठबन्धनका दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समितिबाट गरेको थियो।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनावसम्म कायमै राख्ने बताइरहेका छन्।