२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस निर्वाचन प्रचार समिति गठन : ' खड्का र महतलाई संयोजकको जिम्मेवारी'

मंगलवार , चैत्र १५, २०७८

काठमाडौं, चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय परिचालन समिति र प्रचारप्रसार समिति गठन गरेको छ ।

चार दिनसम्म घनिभूत रुपमा चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

यसलाई सभापतिले आवश्यकताअनुसार पूर्णता दिने उल्लेख गरिएको छ । त्यस्तै स्थानीय तह केन्द्रीय प्रचारप्रसार समिति पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकतत्वमा गठन गरेको छ शुक्रबारदेखि बसेर मंगलबार साँझ सकिएको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार