काठमाडौँ, चैत । स्थानीय तह निर्वाचन नजिकिदै गएको छ । ठूलो दलबीच ठूलो बन्ने महत्त्वाकांक्षी योजना बोकेका ठूला राजनीतिक दल कार्ययोजना बनाउनदेखि एक अर्का दलबीच आपसी तालमेल गर्ने बिषयमा राजनीतिक दलबीच अहिले ठूलै गृहकार्यको तयारीमा छन ।
प्रमुख प्रतिपक्षी दल एमालेक केन्द्रिय समिति बैठक हिजो सम्पन्न भएको छ भने नेपाली कांग्रेसको बैठक आज बस्दैछ । बिहीबार तनहुँ पुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धन एक भएर जाने बताएपछि नेकपा एमाले तिल्मिलाएको छ भने माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धन नटुट्ने बताए भने नेकपा समाजबादी अध्यक्ष माधवकुमार नेपालले पनि सोही कुरा दोहोयाए ।
यी सबै घट्नाक्रमले गर्दा नेकपा एमाले भने कुने उपाय नरहेपछि निर्णय गर्न नसकी स्थानीय तहलाई जिम्मेवारी दिने भन्ने बहाना बनाएर लाज ढाकछोप गरेको छ ।
धेरै सिट जित्ने दावी गरेको नेकपा एमाले गठबन्धन नभत्किए ४० प्रतिशत जित्ने भन्ने लालशा राखेर कार्यकर्तालो मन बलियो बनाउन खोजेको नेकपा एमालेका एक केन्द्रिय सदस्यले बताए । उनले थपे, अध्यक्ष ओलीले कार्यकर्ताको 'मोरल 'बुष्टअप' गर्न पनि यसो भनेका हुन, गठबन्धन रहे हाम्रो अवस्था धेरै कमजोर रहने धित्री प्रतिबेदन आएको छ ।
र, नेकपाका लागि पाँचदलीय गठबन्धन चुनौती बन्ने देखिएको छ ।
तीन तहकै निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको प्रतिबद्धता एमालेको योजनामा तगारो बनेको छ । बिहीबार मात्रै तनहुँ पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन पनि पाँचदलीय गठबन्धनलाई तीनै तहका निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् ।
वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीति, आगामी कार्यदिशा तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न राष्ट्रियस्तर र स्थानीय विकास तथा समृद्धिसम्बन्धी पार्टीको परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणापत्र सार्वजनिक गर्ने र यसैको बलमा निर्वाचनमा पहिलो शक्ति बन्ने एमालेको लक्ष्य छ ।
‘यावत् घेराबन्दी, आक्रमण र दुष्प्रचारका बीचमा पनि पार्टीप्रतिको जनविश्वास अखण्डित र अक्षुण्ण रहनु एवं यस्तो जनविश्वास दिनप्रतिदिन बढ्दै जानु’ जितको मुख्य आधार बन्ने एमालेको विश्लेषण छ । तर, पाँचदलीय गठबन्धन कायमै रहे लक्ष्य पूरा गर्न मुस्किल हुन सक्ने एमालेकै नेताहरूको बुझाइ छ ।
‘गठबन्धन कायमै रहे पनि एक्लै चु नाव जित्ने प्रचार मनोवैज्ञानिक युद्धको अंश मात्रै हो, अर्कोतिर पार्टी विभाजन भएको अवस्था छ, यसले मनोवैज्ञानिक असर पर्छ नै,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘तर अन्य पार्टीबाट भोटर ल्याएर भर्पाई गरिन्छ र बहुमत ल्याइन्छ भन्नेमा अध्यक्ष हुनुहुन्छ । उहाँलाई रिपोर्टिङ गर्नेले पनि त्यही भनेका छन् ।’
अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रहजस्तै हुने मूल्यांकन गरेर गठबन्धन एमालेका लागि चुनौती हुने स्वीकार गरेका छन् । ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रूपमा हुँदैछ,’ बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा एकातिर एमाले छ, अर्कोतिर दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दल छन् ।’
अध्यक्ष ओलीले आमनिर्वाचनको पूर्वसन्ध्यामा हुन गइरहेको स्थानीय निर्वाचनले राष्ट्रिय राजनीतिको भावी परिदृश्यको पनि संकेत गर्ने भएकाले एमालेले सफलता हासिल गर्नैपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठकमा रिपोर्टिङ गर्ने प्रदेशका नेताहरूले मधेसबाहेक अन्य प्रदेशमा पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।
एमालेले केन्द्रीय तहमा गठबन्धन नबनाउने नीति तय गरेको छ तर आवश्यकता अनुसार स्थानीय तहमा भने तालमेलको ढोका खुला राखेको छ ।
शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आकलन गर्ने र मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने एमालेको मूल नीति छ । अर्कोतर्फ कांग्रेसभित्र ठूलो हिस्सा विपक्षमा रहेको हुँदा गठबन्धन बन्ने सम्भावना कम रहेको एमालेको बुझाइ छ । उपमहासचिव गुरुङले एक्लाएक्लै चुनाव लड्दा अब पनि एमाले नै ठूलो दल बन्ने बताए ।
‘गठबन्धन हुन्न भन्यो भने सबै (माओवादी, एकीकृत समाजवादी) लाखापाखा लाग्छन्, सरकार जान्छ, चुनावमा पनि सर्मनाक हार हुन्छ, त्यही कारण शेरबहादुर देउवाले गठबन्धन कायम हुन्छ भनिरहनुभएको छ तर कांग्रेसको ठूलो पंक्ति गठबन्धन नगर्ने पक्षमा छ,’ उनले भने, ‘शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले मुखले गठबन्धन हुन्छ भने पनि हामी सम्भव देख्दैनौं किनभने ७७ वटै जिल्लामा हाम्रो कुराकानी भइरहेको छ– कस्को स्थिति कहाँ, के छ भन्नेबारेमा ।’ स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने एमालेको निर्णय छ । यसमा प्रदेश कमिटीको जानकारी र सहमति आवश्यक पर्ने बताइएको छ ।
पार्टी प्रवेशको लहर चलेको र यसले विभाजनबाट भएको क्षति पूरा गरेको एमालेको निष्कर्ष छ । ‘एमालेबाट २० जना गएको ठाउँमा दुई हजार जनाभन्दा बढी प्रवेश गरिसकेका छन्, त्यसकारण फुटको असर छैन, बरु मत अझै बढेको छ,’ एमालेको बिश्लेषण छ ।
पार्टी प्रवेशलाई पनि एमालेले जितको आधार मानेको छ । एमालेले पाँचदलीय गठबन्धनमाथि दबाब बनाउन खोजेको छ । उसले गठबन्धनको मनोविज्ञानबाट कार्यकर्तालाई मुक्त पार्ने रणनीति लिएको छ ।
‘पाँचदलीय गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको छ तर हामी स्पष्ट हुनुपर्छ– गठबन्धन या मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो,’ ओलीको प्रतिवेदनमा छ, ‘बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरुरी छ ।’
एमाले विभाजन भई बनेको एकीकृत समाजवादी अर्को चुनौती हो । समाजवादीको मतले एमालेलाई हराउन भूमिका खेल्ने विश्लेषकको बुझाइ छ । एमालेले जितका लागि उम्मेदवार छनोटमा पनि ध्यान दिने नीति लिएको छ । पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने एमाले नीति छ । आफ्नो नेतृत्वको सरकारले गरेका कामको प्रचार र गठबन्धन सरकारको आलोचना गरेर चुनावमा जाने एमालेको योजना छ ।
‘केपी ओलीलाई मैले निकै राम्रो काम गरेको छु, झलनाथ–माधव फुटेर गए पनि बहुमत आउँछ भन्ने छ,’ एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘तर गठबन्धन कायम रह्यो भने उनका सबै भ्रम तोडिने देख्छु ।’