२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले : 'वरिष्ठ उपाध्यक्ष पोखरेलको संयोजकत्वमा घोषणापत्र समिति'

शुक्रवार , चैत्र ११, २०७८

काठमाडौँ, चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)  केन्द्रिय कमिटी बैठकले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । सो बैठकले  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 
पोखरेल नेतृत्वको समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।

बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित कार्यसूचीमा रहेका सबै विषय पारित गर्नुका साथै चैत मसान्तभित्र ६ मापदण्ड अनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । 
चुनावी तालमेलको अधिकार स्थानीय तहलाई नै दिने तर केन्द्रबाट तालमेल नगर्ने निर्णयसमेत बैठकले गरेको छ । स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । तामाङका अनुसार स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ वैशाख ९ मा केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिबद्धतापत्र जारी गरिनेछ । 
अध्यक्ष केपी शर्मा ओलीले चैत १६ मा ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल संवाद गर्ने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार