२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन

कांग्रेस घोषणापत्र तयारी : " गगन थापाकाे संयोजकमा समिति बन्याे "

बिहिवार , चैत्र १०, २०७८

काठमाडौँ, चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत भएका छन् ।

गत फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबमोजिम पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगनकुमार थापालाई ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ को संयोजक मनोनयन गर्नुभएको छ‚’ पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

 

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार