२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'अबका निर्वाचन जनताका लागि विगतका गल्ती सच्चाउने अवसर' : अध्यक्ष लिङ्देन

बिहिवार , चैत्र १०, २०७८

गोरखा, चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागी विगतका गल्ती सच्याउने अवसर भएको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गर्नुभयो ।

आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पुयाएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गर्नुभयो । “गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार