२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष नेपालले भने : ' गठबन्धनमा परिवर्तन हुँदैन, मन्त्री फेरिन सक्छन '

बिहिवार , चैत्र १०, २०७८

जनकपुर, चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारका केही मन्त्री फेरिए पनि गठबन्धनमा परिवर्तन नहुने बताएका छन् ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिन सक्छन, गठबन्धन परिवर्तन नहुने बताएका छन । जनकपुर पुगेका अध्यक्ष नेपालले एमालेसँग तालमेल नहुने बताए ।

अध्यक्ष नेपालले भने, 'एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन । एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ ।'

नेपालले गठबन्धनभित्र विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताए । उनले भने, गठबन्धनमा रहेका दलबीच विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार