२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

प्रधानमन्त्री देउवाले भने : "लोकतन्त्र बचाउन गठबन्धन चुनावसम्म लैजान आवश्यक छ"

बिहिवार , चैत्र १०, २०७८

 

दमौली, चैत  ।  विभिन्न कार्यक्रमका अवसरमा तनहुँ  पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्ता भेटघाटका क्रममा वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

 नेपाली कांग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने, लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक  छ ।  
कार्यक्रमका अवसरमा प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउन गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै  भने, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उनीहरुलाई पनि उचित स्थान दिनुपर्छ ।” 

प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न  पनि आग्रह गरेका छन । तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै  देउवाले भने,  कांग्रेसका लागि  तनहुँ उर्वरभूमि  हो । 
    
 सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गरे । उनले  भने, सबै निर्वाचनमा तनहुँमा कांग्रेसले जित्नुपर्छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार