२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

शहीद स्मारक ए डिभिजन लिग

शहीद स्मारक ए डिभिजन लिगमा आज मनाङ र एनआरटीबीच प्रतिस्पर्धा हुने

खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो एक बजे

शनिवार , माघ २५, २०७६

काठमाडौँ, माघ ।   शहीद स्मारक ए डिभिजन लिगमा आज आइतबार एउटा खेल हुँदैछ ।

मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटीबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो एक बजे हुनेछ । यो खेल शनिबारका लागि हल्चोकमा तय भएको थियो । तर, हल्चोक मैदानमा खेल्न क्लब नमानेपछि यो खेल सातदोबाटोमा सारिएको हो । 

उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्नै पर्ने दबाब छ ।  उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ ।

मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ । 

छैटौँ स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ । यो जितपछि पनि मनाङ आर्मीभन्दा चार अंकले पछि रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार