काठमाडौं, फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर - घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।