२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

मंगलवार , चैत्र १, २०७८

काठमाडौं, चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा आज साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्काे सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशाँै अधिवेशन मङ्सिर २८ गते प्रारम्भ भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार