२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक

सङ्घीय संसद् अधिवेशन : " सरकारद्वारा आजै राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस "

मंगलवार , चैत्र १, २०७८

काठमाडौं, चैत । सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

नेपालको संविधानअनुसार संसद् अधिवेशनको अन्त्य र सुरुआत सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसद्को चालु अधिवेशन गत मङ्सिर २८ गतेदेखि प्रारम्भ भएको हो ।

चालु अधिवेशनको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार