काठमाडौं, चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । आजको सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठक अपराह्न ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिमालले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनका अनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।