२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ ' : नेता सिंह

सोमवार , फाल्गुण ३०, २०७८

काठमाडौं, फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताउनुभएको छ ।

नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ एकमहिने कार्यक्रम अन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उहाँले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताउनुभएको हो ।

कांग्रेस एकमहिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर कांग्रेसले स्थानीय तहको निर्वाचनमा अरु पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ , उहाँले भन्नुभयो ।

नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताउनुभयो ।

आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उहाँको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसिसी)का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार