२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस

नेता सिटौलाले भने : ' परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ'

सोमवार , फाल्गुण ३०, २०७८

झापा, पफागुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ, उनले भने, आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।

दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गर्नुभयो ।

जीतहार एउटा पाटो हो, उनले भने, परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ । नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए ।

डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार