२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र

अध्यक्ष दाहालले भने : ' पार्टीमा सबैलाई उचित भूमिका दिइन्छ'

आइतवार , फाल्गुण २९, २०७८

काठमाडौं, फागुन । नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउनुभएको छ ।

पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उहाँले आग्रह गर्नुभयो ।

आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले सो अआग्रह गर्नुभएको हो ।

सो अवसरमा नेकपा (एमाले ) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेका र राप्रपा परित्याग गरी आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।

कार्यक्रममा माओवादीका नेता युवराज दुलाललगायत नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार