काठमाडौं, फागुन । स्थानीय तहको निर्बाचन नजिकिदै जाँदा नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान आजबाट थाल्दैछ । सो अभियान ७७ वटै जिल्लामा गरिने नेपाली कांग्रेसले जनाएको छ । सो अभियनाका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ । उनीहरुबाट नै अभियानको थालनी गरिने छ ।
कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेसका प्रवक्ता डां. प्रकाशशरण महतले डेमोखबरलाई जानकारी दिएका छन ।
डा. महतका अनुसार, कांग्रेस नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा. महतले बताए ।
चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधि जिल्ला–जिल्लामा खटिइसकेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहले अभियानको क्रममा जनताबाट संकलन गरिएका सुझावको आधारमा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताएका छन् ।