२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस धनुषा : 'सभापतिमा योगेन्द्र पजियार'

शनिवार , फाल्गुण २८, २०७८

धनुषा, फागुन ।  नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उहाँ निर्वाचित हुनुभएको हो ।

शुक्रबार राति आएको मतपरिणाम अनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित हुनुभएको छ ।

कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गर्नुभएको थियो भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार