२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कर्णालीका युवा : 'प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै'

सोमवार , फाल्गुण २३, २०७८

कर्णाली, फागुन । कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् ।

अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खेतको सञ्चालनमा पूर्वव्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी कर्णाली फेलोशिप) अन्तर्गत युवाले प्रदेशसभा सदस्यसँग काम गर्ने भएका हुन ।

फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिनुभयो ।

“युवालाई नीति निर्माणमा जोड्न कार्यक्रम उपयोगी हुनेछ, युवाले पनि संसदीय प्रक्रिया, सार्वजनिक नीति निर्माणबारे उत्सुकता जनाएका छन , उहाँले भन्नुभयो, अन्तिम चरणमा छनोट हुने १२ जनाले मात्र प्रदेशसभा सदस्यसँग काम गर्न पाउनेछन ।”

पहिलो चरणमा ५० जनामध्येबाट दोस्रो चरणमा २५ र अन्तिम चरणमा १२ जना छनोट हुनेछन् । ती १२ जनाले मात्र कर्णाली प्रदेशसभाका सदस्यसँग छ महिना नजिक रहेर काम गर्न पाउनेछन् ।

यसअघि कर्णालीका सबै जिल्लाबाट फेलोशिपका लागि प्राप्त ३०० आवेदनबाट ५० प्रारम्भिक छनोटमा परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार