२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक आज : 'कार्यसूचि तय गर्न परामर्श समिति बैठक बस्दै'

आइतवार , फाल्गुण २२, २०७८

काठमाडौं, फागुन । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ ।

बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख छ ।

कार्य व्यवस्थाको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने भएकाले सम्भावित कार्यसूची संशोधन पनि हुनसक्ने पनि जनाइएको छ । ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार