२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस चितवन : 'सभापतिमा खनाल विजयी '

शनिवार , फाल्गुण २१, २०७८

चितवन, फागुन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी हुनुभएको छ । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ स्वतः विजयी हुनुभएको हो ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्नुभएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ विजयी हुनुभएको हो ।  पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गर्नुभएको थियो भने १०१ मत बदर भएको थियो । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार