२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कर्मचारी युनियन आठौँ महाधिवेशन

सञ्चारमन्त्री कार्कीले भने : 'सरकारले कर्मचारीको आवश्यकता बुझेको छ '

शनिवार , फाल्गुण २१, २०७८

काठमाडौं, फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आज यहाँ बोल्दै सञ्चारमन्त्री कार्कीले सङ्घीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताउनुभएको हो ।

निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु , उहाँले भन्नुभयो ।

सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उहाँको भनाइ थियो । सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्वकांक्षालाई थाँती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार